चितवनकाे घोप्टेभीरबाट त्रिशूलीमा बस खस्यो, ३ जना घाइते


रासस प्रकाशित: २०७५-१२-१२ गते
चितवनकाे घोप्टेभीरबाट त्रिशूलीमा बस खस्यो, ३ जना घाइते

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा ३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको हो। राति १० बजे मुग्लिनबाट कुरिनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो।

घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अन्य दुईको अवस्था सामान्य रहेको छ। उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ। बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





नेपाल भ्रमणमा रहेका अमेरिकन नागरिकको मृत्यु
नेपाल भ्रमणमा रहेका अमेरिकन नागरिकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा एकजना अमेरिकन नागरिकको ज्यान गएको छ ।  भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविर पुगेका ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको शनिबार लडेर ज..

वनको जिम्मा समुदायलाई दिएपछि अन्नपूर्ण पदमार्गमा वन्यजन्तु बढे
वनको जिम्मा समुदायलाई दिएपछि अन्नपूर्ण पदमार्गमा वन्यजन्तु बढे

गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पंक्षीहरुको सङ्ख्या वृद्धि भएको छ। उत्तर..

सरकारले दोस्रो किस्ता नदिँदा एघार सय दलितका घर अलपत्र
सरकारले दोस्रो किस्ता नदिँदा एघार सय दलितका घर अलपत्र

जाजरकोट । जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा नि..

गोठमा आगलागी हुँदा एक बालकको मृत्यु
गोठमा आगलागी हुँदा एक बालकको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा..