विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !


नेपालपाना प्रकाशित: २०७५-१२-१२ गते
विप्लवले भने : लगानी सम्मेलन देशभित्र द्वन्द्व लादेर विदेशी पैसामा दलाली गर्ने नाटक मात्रै !

काठमाडाैं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' ले आसन्न  लगानी सम्मेलनलाई 'जनता लुट्ने नाटक'को संज्ञा दिएका छन् । 

पार्टीका नेताहरूको गिरफ्तारी र दमनका विरूद्ध भन्दै विप्लवले एक विज्ञप्ति जारी गरेका छन्, जसमा चैत १५ र १६ गते सरकारले आयोजना  गर्न लागेको अन्तरराष्ट्रिय लगानी सम्मलेनबारे प्रतिक्रिया जनाएका छन् । 

'' केपी ओलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ, यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लुट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछाैं,'' विप्लवले विज्ञप्तिमा लेखेका छन् ।

लगानी सम्मेलनकै दोस्रो दिन चैत १६ गते बन्द घोषणा गरेका विप्लवले यसप्रति अन्तरराष्ट्रिय समूदाय भ्रमित र तरंगित हुनुनपर्ने उल्लेख गरेका छन् । लगानी सम्मेलनका लागि नेपाल आउने विदेशीहरूमा पार्टीप्रति गलत छवी नबनोस् भन्ने विप्लवको विज्ञप्तिको आशय देखिन्छ । 

  



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





नेविसंघको नेता तथा कार्यकर्ताको उचित जिम्मेवारी तय गरिने
नेविसंघको नेता तथा कार्यकर्ताको उचित जिम्मेवारी तय गरिने

काठमाडौं । नेपाल विद्यार्थी संघमा सबै उमेर समूहका नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन र जिम्मेवारी तय गरिने भएको छ ।  संघको ४९ औं स्थापना दिवसका अवसरमा नेपाली कांग्र..

तरूण दलले गाउँदेखि केन्द्रसम्म भईरहेको भ्रष्टाचार भण्डाफोर गर्ने
तरूण दलले गाउँदेखि केन्द्रसम्म भईरहेको भ्रष्टाचार भण्डाफोर गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले केन्द्रदेखि स्थानीयतहसम्म भईरहेको भ्रष्टाचारविरुद्ध भण्डाफोर र जागरण अभियान सञ्चालन गर्ने भएको छ ।&nb..

राजपाको राष्ट्रिय महाधिवेशन अन्योलमा, किन ?, के पुगेन ?
राजपाको राष्ट्रिय महाधिवेशन अन्योलमा, किन ?, के पुगेन ?

काठमाडौं । तयारी नपुगेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले वैशाख ७ देखि ९ गतेका लागि तय गरेको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ । महाधिवेशनको पूर्वनिर्धारित मिति स्थगित..

विप्लवको बन्द : पाल्पाको गाउँपालिका भवनमा विस्फोट, बम डिस्पोज गर्न भ्याईनभ्याई   
विप्लवको बन्द : पाल्पाको गाउँपालिका भवनमा विस्फोट, बम डिस्पोज गर्न भ्याईनभ्याई   

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका दिन देशका विभिन्न स्थानमा विस्फोट र आगजनी भएको छ । बिहिबार बिहानैदेखि बम र शंकास्पद बस्तुहरु डिस्पोज..