दादुराबाट १४ को मृत्यु, हजाराैँ प्रभावित


एजेन्सी प्रकाशित: २०७५-१२-१२ गते
दादुराबाट १४ को मृत्यु, हजाराैँ प्रभावित

किभ - युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । 

सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित भएको सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष युक्रेनभर ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए । 

सन् २०१७ मा भने ४ हजार ७८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए । विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या द्रूत रुपमा बढेको बाल विकास कोष ९युनिसेफ० ले जानकारी दिएको छ । 

सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस रोगको संक्रमणबाट बच्न सकिने उपायहरुको अवलम्बन यथेष्ट मात्रामा गर्न नसकिएकोले दादुराको संक्रमण फैलिने दर बढ्दै गएको स्वास्थ्य अधिकारीहरुको दाबी छ । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





गिर्जाघरको छाना खस्यो, १३ जना ठहरै, १६ जनाको अवस्था गम्भिर
गिर्जाघरको छाना खस्यो, १३ जना ठहरै, १६ जनाको अवस्था गम्भिर

अफ्रिका । गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ ।&..

अर्थतन्त्र चौपट बनेपछि पाकिस्तानी अर्थमन्त्रीले दिए राजीनामा ! गिर्दो अर्थतन्त्रमा अर्को झड्का लाग्ने खतरा
अर्थतन्त्र चौपट बनेपछि पाकिस्तानी अर्थमन्त्रीले दिए राजीनामा ! गिर्दो अर्थतन्त्रमा अर्को झड्का लाग्ने खतरा

(आजतकबाट अनुवादित) पाकिस्तानको आर्थिक स्थिति सुधार्ने कोशिस गरिरहेका अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन् । चरम आर्थिक संकटमा फसिरहेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा..

मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु
मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु

लिस्बन । पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ ।  टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताल..

आतंकवादको बिछ्यौनामा समृद्धि खोजिरहेछ पाकिस्तान !
आतंकवादको बिछ्यौनामा समृद्धि खोजिरहेछ पाकिस्तान !

पाकिस्तानको नेशनल एसेम्बलीमा गत भदौ १ गते प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदै गर्दा छिमेकी मुलुक सहित विश्वको ध्यान पाकिस्तानतिर आकृष्ट थियो । पूर्व क्रिकेटर, जो विश्वका..