एसइईको प्रश्नपत्र लगातार आउट हुन थालेपछि... शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान


नेपाल पाना प्रकाशित: २०७५-१२-१५ गते
एसइईको प्रश्नपत्र लगातार आउट हुन थालेपछि... शिक्षा मन्त्रालयद्वारा आकस्मिक वैठक आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालित एसइईको प्रश्नपत्र लगातार आउट हुन थालेपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो १२ बजेका लागि केन्द्रीय सुरक्षा समितिको आकस्मिक वैठक बोलाइएको हो । शिक्षा मन्त्रालयका सचिव संयोजक रहने समितिमा  केन्द्रीय सुरक्षा समितिमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु सदस्य रहन्छन् ।

एसइई परीक्षाअन्तर्गत प्रदेश नम्बर २ मा लगातार २ ओटा प्रश्नपत्र आउट भएका छन् । बिहीबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट भएको छ । विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि बिहीवार प्रदेश २ मा एसइई परीक्षा रद्द गरिएको थियो । शुक्रबार पनि सामाजिक शिक्षा विषयको परीक्षा रद्द गरिएको छ ।

शुक्रबार सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा समेत उत्रिएका छन् ।

शिक्षा मन्त्रालयले आह्वान गरेको वैठकले प्रश्नपत्रको सुरक्षालगायत विषयमा छलफल हुने जनाइएको छ । साथै आगामी दिनमा प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन लगायत केही महत्वपूर्ण निर्णय हुनसक्ने शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





पाल्पाका निजी बोर्डिङ स्कूल धमाधम सरकारीमा गाभिँदै
पाल्पाका निजी बोर्डिङ स्कूल धमाधम सरकारीमा गाभिँदै

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा विद्यालयमा गाभिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्याल..

चिकित्सा शिक्षामा ब्यापक ठगी गर्दै काठमाडौं विश्वविद्यालय, मिटरब्याज नतिरे विद्यार्थी फेल !
चिकित्सा शिक्षामा ब्यापक ठगी गर्दै काठमाडौं विश्वविद्यालय, मिटरब्याज नतिरे विद्यार्थी फेल !

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ ।  केयूको विस्तारित कार्यक्र..

९१ हजार विद्यार्थीलाई विद्यालय फर्काउने योजना
९१ हजार विद्यार्थीलाई विद्यालय फर्काउने योजना

काठमाडौँ । विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ ।  सङ्घीय सरकारले भर्ना अभियानका लागि &ls..

मेयर विद्यासुन्दरको उपहार : निजीस्कूलको मासिक शुल्क २७ प्रतिशतले वृद्धि गर्ने निर्णय
मेयर विद्यासुन्दरको उपहार : निजीस्कूलको मासिक शुल्क २७ प्रतिशतले वृद्धि गर्ने निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ । नयाँ शैक्षिक सत्रदेखि..