Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण

मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण

नेपालपाना माघ ८ २०७६
  • 17.4K
    SHARES
  • मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण

    झापा । मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । 

    शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुने पार्कमा गुरुजी श्री १०८ मङ्गलदासजी महाराज, महागुरु फाल्गुनन्द, बालागुरु षडानन्द, डा स्वामी प्रपन्नाचार्य र दानवीर देवीप्रसाद उप्रेतीको परिचयात्मक अभिलेखसहित मूर्ति स्थापना गरिने मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले बताए ।

    पार्कको निर्माण मङ्गल सेवा समिति भद्रपुरले गर्ने भएको छ । समितिका अध्यक्ष गोपालदास खनालका अनुसार समिति र क्याम्पसबीच पार्क निर्माणका विषयमा सम्झौता भइसकेको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले गत मङ्सिर २७ गते पार्कको विधिवत् शिलान्यास गरेका थिए ।

    माघ ८, २०७६ बुधवार २१:३९:२० बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend