Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन

भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन

नेपालपाना माघ ८ २०७६
  • 19.3K
    SHARES
  • भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन

    काठमाडौं । भारत सरकारको सहयोगमा थानकोटस्थित अरविन्द आश्रम विद्यालयले नव निर्मित भवन पाएको छ । 

    आज भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले अरविन्द आश्रम विद्यालयको औपचारिक उद्घाटन गरेका हुन् । भारत सरकारको ने. रु २.८२५ करोड अनुदान सहयोगमा निर्मित यस तीन तल्ले भवनमा ११ वटा कक्षा कोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेको छ । 

    नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो। यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको छ जसमध्ये ५३ प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । 

    अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन्जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो। 

    यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेकोछ ।

    यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ । 

    शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाल लगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीले सो समारोहमा सहभागीता जनाएका थिए । 

    माघ ८, २०७६ बुधवार २२:१३:५९ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend