काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम गर्न भोलीदेखि तय भएको एसईई परीक्षा स्थगित गरेको सरकारले विश्वविद्यालयस्तरका परीक्ष पनि रोक्ने निर्णय गरेको छ।
चैतमा सञ्चालन हुने विश्वविद्यालयतहका सबै परीक्षा स्थगित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र सिटिइभिटीलाई निर्देशन दिएको हो।
आज बसेको सत्तारुढ नेकपाको बैठकले सरकारलाई एसईई परीक्षा स्थगित गर्न निर्देशन दिएलगत्तै सरकारले भोलीदेखि हुने भनिएको सो परीक्षा स्थगित गरिसकेको छ।
तर, राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा ११ र १२ को परीक्षा स्थगितबारे कुनै निर्णय गरेको छैन। सो परीक्षा एक महिनापछि सञ्चालन गर्ने कार्यतालिका छ।