काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ ।
नोवेल कोरोना भाइरसका कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको हो ।
'कोरोनाको संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ' बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।