Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

एसइईको नतिजा प्रकाशित, यसरी थाहा पाउनुस् नतिजाः

एसइईको नतिजा प्रकाशित, यसरी थाहा पाउनुस् नतिजाः

नेपालपाना भाद्र १ २०७७
  • 9.0K
    SHARES
  • एसइईको नतिजा प्रकाशित, यसरी थाहा पाउनुस् नतिजाः

    काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको एसइईको नतिजा प्रकाशन गरेको छ । 

    परिक्षा नियन्त्रक रामराज खकुरेलले परिक्षाफल प्रकाशित गरेका जानकारी दिए । यसवर्ष एसईईको बोर्ड परीक्षा भएन । कोभिड १९ को जोखिमका कारण परीक्षा नभएको हो । बोर्डले विद्यालयको आन्तरिक मुल्यांकनलाई प्रमाणिकरण गरी नतिजा प्रकाशन गरेको हो ।

    नतिजा प्रकाशनमा जिपिएको विवरण खुलाइएको छैन । यसवर्ष पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।

    यसरी थाहा पाउनुस् नतिजाः

    टेलिफोनः

    नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

    एसएमएसः

    नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

    भाद्र १, २०७७ सोमवार २१:१२:०३ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend