श्रीनगर । भारतीय सेनाका अधिकारीहरूले एक काश्मीरी महिला र उनको नवजात शिशुलाई उनीहरूको घरमा पुग्न मद्दत गरेका छन् ।
जसले देशका सुरक्षाकर्मीहरूले नागरिकहरूलाई वास्तवमै उनीहरूको खाँचो पर्दा उनीहरूलाई कसरी सहयोग गर्दछन् भन्ने उदाहरणसमेत प्रस्तुत गर्दछ ।
भारतीय सेनाका जवानहरूले शुक्रबार बिहान बच्चा जन्माउने महिलालाई सहयोग गरेका हुन् ।
उनी सोगमको सरकारी अस्पतालबाट घर फर्किरहेकी थिइन् र महिलाले निकै कमजोरी महसुस गरिरहेकी थिइन् । उनलाई घर पुग्नसम्म भारतीय सेनाले सहयोग गरेका छन् ।
अप्रिय मौसम र हिउँले ढाकिएको सडकका कारण महिला आफ्नो घरमा पुग्न निकै समस्या भइरहेको थियो । सडक यातायातमा अवरोध सिर्जना भएका कारण उनी घर जान सकिरहेकी थिइनन् ।
संकटको त्यो घडीमा २८ राष्ट्रिय राइफल्सका सिपाहीहरुले ती महिलाहरुलाई सहयोग गरेका छन् । सिपाहीहरूले सँगै काम गरे र महिला र उनका छोरालाई सुरक्षित घरमा पुर्याउन सहयोग गरेका हुन् ।
भारतीय सेनाले विभिन्न समयमा समस्यामा परेका नागरिकहरुलाई ठूलो सहयोग गरिरहेका छन् ।