इस्लामावाद । पाकिस्तान पीपुल्स पार्टी ९पीपीपी० का अध्यक्ष बिलावल भट्टो जरदारीले शनिबार पाकिस्तानी स्टिल मिल ९पीएसएम० का चार हजार ५०० भन्दा बढी कर्मचारीहरूलाई बर्खास्त गरेकोमा प्रधानमन्त्री इमरान खान नेतृत्वको “निर्दयी सरकार” को आलोचना गरेका छन् ।
उनले आफ्नो पार्टी सत्तामा पुगे उनीहरुलाई पुनर्नियुक्ति गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
भुटुले आफ्नो ट्वीटमा भनेका थिए, “निर्दयी सरकारले पाकिस्तान स्टिल मिलका ४५ सय मजदुरहरूलाई बर्खास्त गरेको छ । पीपीपी सरकार सत्तामा गए उनीहरुलाई तत्काल काममा फर्काउने छ ।”
“यो ऐतिहासिक औद्योगिक सम्पत्तिको भूमि सिन्धका जनताको हो । हामी यस आर्थिक हत्याबाट पीटीआईलाई ९पाकिस्तान तहरीक(ए(इन्साफ० टाढा जान दिनेछैनौं । इमरानलाई बर्खास्त गरियो, कामदार होइन,” उनले थपे ।
जियो न्युजको एक रिपोर्टका अनुसार पीएसएमले चार हजार ५४४ जना कर्मचारीहरुलाई बर्खास्त गरेको छ ।