Logo

बुधवार, आश्विन १९ गते २०७९

'रअ' प्रमुखसँग राती सुटुक्क भेटेका ओलीलाई भीम रावलको काउन्टर अट्याक, बन्द गर्न चेतावनी !

'रअ' प्रमुखसँग राती सुटुक्क भेटेका ओलीलाई भीम रावलको काउन्टर अट्याक, बन्द गर्न चेतावनी !

नेपालपाना मंसिर २० २०७७
  • 21.6K
    SHARES
  • 'रअ' प्रमुखसँग राती सुटुक्क भेटेका ओलीलाई भीम रावलको काउन्टर अट्याक, बन्द गर्न चेतावनी !

    काठमाडौं । भारतको गुप्चतर संस्था 'रअ' का प्रमुख सामन्तकुमार गोयललाई भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छविमा धक्का लागिसकेको छ। आज नेकपा प्रभावशाली नेता भीम रावलले खोक्रो छविलाई संसदीय समितिमा नंग्याएका छन्। 

    प्रतिनिधसभाको अन्तर्राट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्वगृहमन्त्री रावलले संसद, सत्तारुढ दल नेकपा र जनतालाई जानकारी नगराई राती राती गुप्तचर प्रमुखसँग भेट्नु आपत्तिकजनक भएको बताए। उनले यस्तो गतिविधि नगर्न प्रधानमन्त्रीलाई चेतावनी समेत दिए। 

    भारतले विगतदेखि नै गुप्तचर संस्थामार्फत नेपालमा सुक्ष्म व्यवस्थापन गर्दै आएको र त्यसको जनस्तरबाट विरोध भएको उल्लेख गर्दै रावलले जनहित विपरीत अघि बढ्नेहरु राष्ट्रवादी हुनै नसक्ने ठोकुवा गरे। रअलाई फेरि सुक्ष्म व्यवस्थापन नगर्न उनले सचेत गराए। अपारदर्शी रूपमा गुप्तचरसँग वार्ता गर्न बन्द गर्ने रावलले चेतावनी दिए।

    मंसिर २०, २०७७ शनिवार ०७:१६:०१ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend