Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

'चिनियाँ आक्रमण' पछि बेपत्ता पारिएका आफ्नो छोराको बारेमा बताइदिन उइगर व्यवसायीको अपिल

'चिनियाँ आक्रमण' पछि बेपत्ता पारिएका आफ्नो छोराको बारेमा बताइदिन उइगर व्यवसायीको अपिल

नेपालपाना मंसिर २२ २०७७
  • 10.3K
    SHARES
  • 'चिनियाँ आक्रमण' पछि बेपत्ता पारिएका आफ्नो छोराको बारेमा बताइदिन उइगर व्यवसायीको अपिल

    अंकारा । चीनले सिन्जियाङमा उइगर मुसलमानहरुमाथिको अत्याचारको खबरलाई खण्डन गर्ने प्रयास गरिरहेको छ । तर, चिनियाँ आक्रमण र उत्पीडनबाट पीडित भएकाहरुले आफ्ना आफन्तहरुको बारेमा खोजी गरिदिन अपिल गरिरहेका छन् । 

    उइगर व्यवसायीरहेका रहेका अब्दुरहमान हसनले ट्विटरमार्फत अपिल गरेका छन्, 'चिनियाँ आक्रमणको कारण मेरो बेपत्ता पारिएको छोराको बारेमा जानकारी दिनुस् ।'

    “मलाई मेरो छोरा प्याजुल्लाको धेरै याद आउँछ, जब मलाई चीन सरकारले भाग्‍न बाध्य पारेको थियो, त्यति बेलासम्म छोरा अढाई वर्षको मात्रै भएको थियो । मलाई थाहा छैन उ कहाँ छ र कसले उसलाई हुर्काइरहेको छ । किन यो त्रासदी भयो ? मलाई लाग्छ कि उत्तर एकदमै सजिलो छ, चिनियाँ आक्रमणको कारण," काश्गरका एक उइगर व्यापारी हसनले ट्वीटमा भनेका छन् ।

    उनी चिनियाँ उत्पीडनका कारण भागेर टर्की आएका थिए । उनले आफ्नो परिवारलाई सम्पर्क गर्न सकेका छैनन् । उनको परिवार कहाँ छ भन्‍नेसम्म उनलाई थाहा पाउन नसकेको उइगर फ्रिडम्स हेराल्डले जनाएको छ । 

    सन् २०१७ जनवरीमा उनले चीन छोडेका थिए । जब सिन्जियाङमा बेइजिङ नेतृत्वको प्रशासनले उइगरका प्रभावशाली सार्वजनिक व्यक्तित्वहरूको खोजी गर्न थालेको थियो । 

    अघिल्लो ट्वीटमा उनले भनेका थिए कि उनकी श्रीमतीलाई बेइजिङ सरकारको यातना शिविरमा 'चिनियाँ आक्रमणकारीहरू' ले बलात्कार गरे । 'मेरो छोराको आमालाई क्याम्पमा चिनियाँ आक्रमणकारीहरूले २०१७ मा बलात्कार गरे,' उनले भने । 

    विगत ६ वर्षदेखि पूर्वी तुर्कीस्तानका लाखौं व्यक्तिहरुलाई चीन सरकारले हिरासतमा राखेको छ । 

    चीनले यातना शिविरमा रहेका व्यक्तिहरूलाई जबरजस्ती राजनीतिक उत्तेजना फैलाएको आरोपमा यातना, कुटपिट र खाना र औषधि नदिने काम गरिरहेको छ । 

    मंसिर २२, २०७७ सोमवार ०८:२२:०८ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana