Logo

बुधवार, आषाढ ९ गते २०७८

कम्युनिष्ट सरकारविरुद्ध काठमाडौँमा भब्य प्रदर्शनको यस्तो छ तयारी, ७ स्थानबाट एकसाथ जुलुश निस्किने !  

कम्युनिष्ट सरकारविरुद्ध काठमाडौँमा भब्य प्रदर्शनको यस्तो छ तयारी, ७ स्थानबाट एकसाथ जुलुश निस्किने !  

नेपालपाना मंसिर २६ २०७७
  • 10.9K
    SHARES
  • कम्युनिष्ट सरकारविरुद्ध काठमाडौँमा भब्य प्रदर्शनको यस्तो छ तयारी, ७ स्थानबाट एकसाथ जुलुश निस्किने !  

    काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध प्नमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले काठमाडौंम भव्य र सशक्त प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    मंसिर २९ गते हुने सरकार विरोधी प्रदर्शनमा सहभागी हुन काठमाडौं कांग्रेसले अपील गरेको छ । काठमाडौंमा दिउँसो १ बजे जम्मा भएर विरोध प्रदर्शन शुरु हुनेछ । कोरोनाको नाममा भएको भ्रष्टचार, जनजीविकाका सवाल तथा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहारविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको छ । विरोध प्रदर्शनमा अनिवार्य रुपमा उपस्थित हुन सबै नेता कार्यकर्तालाई नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले निर्णय गरेको छ ।

    उपत्यकाका विभिन्न स्थानबाट कांग्रेसको जुलुस निस्कनेछ । विभिनन स्थानको परिक्रमापछि जुलुस रत्नपार्कको शान्तिवाटिका अगाडि आएर विरोध सभामा परिणत हुने काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिएका छन् ।

    शहीदगेट, बसन्तपुर, ललितपुर, पुतलीसडक, भृकृटीमण्डप, बागबजार, कमलादी लगायतका स्थान हुँदै जुलुसहरू शान्तिबाटीकामा मिसिनेछन् ।

    मंसिर २६, २०७७ शुक्रवार ११:००:०२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana