काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । यसका लागि आज बसेको जिल्ला समितिको बैठकले जुलुसको रुट तय गरेको छ।
जसअनुसार काठमाडौंमा ५ ठाउँमा जुलस निकालिने भएको छ । काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक चोक, लैनचौर, बसन्तपुर र सहिदगेटबाट निस्कने जुलुस शान्तिबाटिका रत्नपार्क पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ ।
कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले पार्टीको निर्देशनअनुसार सर्वसत्ताबादी सरकारको बिरुद्धमा काठमाडौंमा बृहत् बिरोध प्रदर्शन गर्ने निर्णय भएको बताएका छन् ।
जिल्ला समितिले १० वटै क्षेत्रीय समिति र नगर समिति, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई विरोध प्रदर्शनमा उपस्थिति हुन निर्देशन दिएको छ ।