Logo

बुधवार, आश्विन १९ गते २०७९

मुस्ताङमा कांग्रेसको सरकार विरोधी कार्यक्रम स्थगित

मुस्ताङमा कांग्रेसको सरकार विरोधी कार्यक्रम स्थगित

नेपालपाना मंसिर २९ २०७७
  • 9.3K
    SHARES
  • मुस्ताङमा कांग्रेसको सरकार विरोधी कार्यक्रम स्थगित

    काठमाडौं । नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमितिकी सदस्य श्रीमती पुष्पा शेरचनको निधन भएको छ ।

    थासाङ्ग गाउँपालिका–२ नेपाली कांग्रेसकी सभापति समेत रहेकी शेरचनकी सोमबार निधन भएको कांग्रेस नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले जानकारी दिएका छन् ।

    कांग्रेस नेता थकालीले शेरचनको निधनबाट मुस्ताङ जिल्ला शोकमा परेको बताएका छन् । ‘श्रीमती पुष्पा शेरचनको निधनबाट मुस्ताङ जिल्ला मात्र नभएर मुलुकले नै प्रजातान्त्रिक आन्दोलनको एक कर्मठ, निर्भिक र जुझारू योद्धा गुमाएको छ’, कांग्रेस नेता थकालीले भनेका छन् ।

    ‘पुष्पा शेरचनको दुःखद् निधनबाट म र नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमिति अत्यन्त मर्माहत भएका छौँ’, उनले भनेका छन् । दुःखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै कांग्रेस नेता थकालीले नेपाली कांग्रेस मुस्ताङले सोमबार आयोजना गर्ने भनिएको कम्युनिस्ट सरकारविरुद्धको कार्यक्रम स्थगित गरिएको नेता थकालीले जानकारी दिएका छन् ।

    अधिनायकवादी कम्युनिस्ट सरकारको विरोधमा कांग्रेसले सोमबार देशभरि आन्दोलन गर्दैछ ।

    मंसिर २९, २०७७ सोमवार ११:०७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend