काठमाडौं- मंगलबार सरकारले ल्याएको अध्यादेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको विमति रहेको बताएका छन् । सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि सभापति देउवाले यस्तो भनेका हुन् ।
कांग्रेस सभापति समेत रहेका नेता देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको भन्दै यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताएका छन्।
नेता देउवाले उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमति छ ।’