बेलायतमा ७० प्रतिशत बढी संक्रामक कोरोना भाइरसको संक्रमण देखिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै बेलायतका यात्रु नल्याउन निर्देशन दिएको छ।
अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन नपाउने भएका छन् ।
प्राधिकरणको यस्तो निर्णय भोलि बुधवार राति १२ बजेबाट लागू हुनेछ । अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायमै रहने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बेलायतमा पछिल्लो समय देखिएको कोरोना भाइरसलाई दृष्टिगत गरी बेलायतबाट हुने उडानमा रोक लागेको छ ।
नेपालबाट बेलायत जाने यात्रुको यात्रामा समेत रोक लगाइएको छ । प्राधिकरणले बेलायतबाट हुने सबै उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालबाट समेत उडान बन्द हुने भएका छन् ।