Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

चिनियाँहरुको काठमाडौंमा 'नांगो नाँच', नाकामा नेपालीको सामान रोकेर दुख दिँदै!

चिनियाँहरुको काठमाडौंमा 'नांगो नाँच', नाकामा नेपालीको सामान रोकेर दुख दिँदै!

नेपाल पाना पौष १४ २०७७
  • 13.4K
    SHARES
  • चिनियाँहरुको काठमाडौंमा 'नांगो नाँच', नाकामा नेपालीको सामान रोकेर दुख दिँदै!

    काठमाडौं । नेपालीहरुले असल छिमेकी मान्दै आएको चीनले नेपालमाथि दुस्ख दिने काम गरेको छ ।

    एकातिर काठमाडौंमा आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर नांगो नाँच देखाइरहेको छ भने अर्को तिर नाकामा नेपालीहरुको सामान रोकेर दुस्ख दिएको छ । 

    काठमाडौंमा एक टोली नेकपा विभाजन हुन नदिन नेताहरुको घरदैलोमा दौडधुपमा छ भने अर्कोतिर बारम्बार आग्रह गर्दा पनि चीनले नेपालीहरुको सामान नाकाबाट छोड्न मानेको छैन । 
    करोडौं सामान बाटैमा काम नलाग्ने भएको छ काम लाग्ने खालका पनि विगत एक वर्षदेखि आउन दिएको छैन । 

    गत वर्षको जाडोमा बिक्रीका लागि सिल्क ट्रान्सपोर्टले ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान चीनबाट ल्याउँदै थियो । तर चीनले नाकामा अड्काउँदा एक वर्ष बित्दा पनि भित्र्याउन सकिएको छैन ।

    करिब २५ दिनमै नेपाल आइपुग्नुपर्ने सामान कोरोनालाई देखाएर चीनले नाका ठप्प पारेर नेपाली व्यवसायीको ठूलो नोक्सानी गराएको छ । कतिपय त ऋणमै डुबेका छन् । 

    ‘खाद्यान्न र चकलेटहरु त कुहिएर खेर गएको छ । लत्ता कपडा र अन्य सामान भने राम्रै होला भन्ने आशमा छन् सिल्क ट्रान्सपोर्टका चिफ अपेरेटिङ अफिसर कल्याण सिलवाल। चीनले कोरोनाको बहानामा अघोषित नाकाबन्दी नै गरिरहेको उनको बुझाई छ । हुन पनि चीनले कसैले भनेको सुनेको छैन । 

    व्यवसायी अमर बानियाँ र कुमार पौडेल लगायतको समूहले गत माघमा चीनबाट १३० कन्टेनर स्याउ खरिद गरेका थिए । झण्डै ७० करोड बराबरको ४० हजार टन स्याउ बोकेको ती कन्टेनरहरु नाकामै रोकिए । ७० करोडको सबै स्याउ बाटोमै कुहियो । २५ जना व्यापारीले १३० गाडीमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको स्याउ कुहिएुर फ्याँकियो।

    यस्ता कैयौ व्यापारीको सामान नाकामा रोकिएको छ । स्वास्थ्य सामग्री बाहेक चीनले रसुवागढी र तातोपानी नाका खोल्न आनाकानी गरिरहेको छ । 

    अनलाइनखबरका अनुसार पछिल्लो एक वर्षमा नेपालसँगको व्यापारमा चीनले कडा व्यवहार देखाइरहेको छ । नेपाल-चीन नाकाहरु धेरैजसो चिनियाँ पक्षकै कारण यो वर्ष अवरुद्ध भएका छन् । यसबाट व्यापारिहरु आजित भएका छन् । सरकारी तवरबाट पहल नभएको भने होइन । तर कोरोना देखाउँदै चीनले खोल्नै मानेको छैन । 

    एकातिर नेपालको राजनीति मिलाउने नाममा चिनियाँ पक्षले नांगो नाच देखाउने र अर्कोतिर नेपालीको सामान रोकेर दुस्ख दिने चिनियाँ रणनीति अचम्मको छ ।

    पौष १४, २०७७ मंगलवार १०:४६:१५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend