Logo

बुधवार, आश्विन १९ गते २०७९

ओलीले संसद विघट गर्नुपछाडि भयंकर ठूलो लोभ, भीम रावलले गरे खुलासा !

ओलीले संसद विघट गर्नुपछाडि भयंकर ठूलो लोभ, भीम रावलले गरे खुलासा !

नेपालपाना पौष १४ २०७७
  • 16.2K
    SHARES
  • ओलीले संसद विघट गर्नुपछाडि भयंकर ठूलो लोभ, भीम रावलले गरे खुलासा !

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुका पछाडि भयंकर ठूलो लोभ रहेको नेकपाका प्रभावकारी नेता भीम रावलले बताएका छन् ।

    प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

    नेता रावलले ओलीले संसद विघटन गर्नु पछाडि पद जोगाउँने भयंकर ठूलो लोभ भएको बताएका हुन् । सभालाई सम्बोधन गर्दै नेता रावलले भने, ‘प्रचण्ड र माधव नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद बचाउन देशलाई बर्बाद पारे’, उनले भने, ‘उनीभन्दा लोभी अरु को हुन सक्छ।’ अहिलेको लडाइँ सर्वसत्तावादविरुद्ध भएको उनको भनाइ थियो।

    सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका रावलले संविधानको कुनै पनि धारामा प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार नभएको समेत बताएका छन् । ‘स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश पनि ल्याउँदिन, प्रतिनिधि सभा विघटन पनि हुँदैन भएका थिए,’ नेता रावलले भने, ‘तर, एकाएक प्रतिनिधि सभा विघटन भयो।’ पुस ५ गतेको दिन नेपाली राजनीतिक इतिहासमा कालो दिनका रुपमा चिनिएको नेता रावलले बताए।

    नेता रावलले अरुलाई पदको लोभी भएको आरोप लगाउँदै प्रधानमन्त्रीले आफ्नो पद बचाउन देशलाई बर्बाद बनाएको बताए। ‘प्रचण्ड र माधव नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद बचाउन देशलाई बर्बाद पारे’, उनले भने, ‘उनीभन्दा लोभी अरु को हुन सक्छ।’ अहिलेको लडाइँ सर्वसत्तावादविरुद्ध भएको उनको भनाइ थियो।

    पौष १४, २०७७ मंगलवार १८:५०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend