काठमाडौं । नेकपा विभाजनउन्मुख हुँदा नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असह्यै दबाब दिएको खुलासा भएको छ ।
१२ गते नेपाल आएर आज फर्किन लागेको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्रीको प्रतिनिधिमण्डले प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिएको खुलासा भएको हो ।
नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले संसद भंगको निर्णय उल्ट्याउन ओलीलाई चीनले दबाब दिएको खुलासा गरे। भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा लेख लेख्दै शरणले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेको समेत दावी गरेका छन् ।
‘निश्चय नै चाइनिज एक्टीभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ,’ उनले लेखमा भनेका छन्, ‘यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ ।’
प्रधानमन्त्रीले अस्वीकार गरे
चीनले संसद भंग गर्ने र नेतृत्व छाडेर प्रचण्डलाई दिने प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । बालुवाटार स्रोतका अनुसार ओलीले आफू ब्याक नहुने स्पष्ट जवाफ चिनियाँ पक्षलाई दिएका थिए । ओली नमानेपछि नेकपा मिलाउने चिनियाँ प्रयास असफल भएको छ ।