Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

आइफोन वितरकले आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण गर्दै!

आइफोन वितरकले आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण गर्दै!

नेपाल पाना पौष २३ २०७७
  • 7.3K
    SHARES
  • आइफोन वितरकले आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण गर्दै!

    चीन । एक मुख्य आइफोन वितरकले आइफोनको सीसा बनाउनका लागि हजारौं उइगरहरुको श्रम शोषण गरेको पाइएको छ ।

    चीनस्थित आइफोन सिसा उत्पादन कम्पनीमा उनले हजारौं उइगरहरुलाई जबरजस्ती श्रममा लगाएको टेक ट्रान्सपरेन्सी प्रोजेक्टले खुलासा गरेको दी वाशिङ्टन पोस्टले जनाएको छ  "हाम्रो अनुसन्धानले देखाउँदछ कि एप्पलले यसको आपूर्ति श्रृंखलामा जबरजस्ती श्रमको प्रयोग गर्ने कम्पनीलाई स्वीकार गरेको छ," टेक ट्रान्सपरेन्सी प्रोजेक्टका निर्देशक केटी पउलले द वाशिङ्टन पोष्टलाई भने ।

    टेक ट्रान्सपरेन्सी प्रोजेक्टका अनुसार लेन्स टेक्नोलोजीको जबरजस्ती श्रम प्रयोगको प्रमाण सार्वजनिक रूपमा उपलब्ध भएको थियो । यो कुरा सरकारी मिडियामा आउनबाट लुकाइएको थियो ।

    "लेन्सले एप्पललाई आईफोनका लागि वर्षौंदेखि सिसा प्रदान गरिरहेको छ  र कम्पनीले अमेजन र टेस्लासँग पनि काम गर्छ," पोष्टले उल्लेख गर्‍यो । रिपोर्टले चिनियाँ मिडियाका विभिन्न विवरणहरू प्रस्तुत गर्दै श्रमिकहरुलाई जबरजस्ती श्रम गराउनका लागि स्थानान्तरणसमेत गराउने गरेको खुलेको छ ।

    एक प्रतिनिधि जोश रोजेनस्टोकले दी पोस्टलाई भने, "एप्पलले जबरजस्ती श्रमप्रति शून्य सहिष्णुता अपनाएको छ ।" आश्‍चार्य जनाउँदै उनले जबरजस्ती श्रमको उपस्थिति खोज्नु भनेको हामीले गर्ने हरेक आपूर्तिकर्ताको मूल्यांकनको अंश भएको बताए ।

    यी संरक्षणहरू कुनै व्यक्तिको जागिर वा स्थानको पर्वाह बिना आपूर्ति श्रृंखलामा लागु हुने र कतै उल्लंघन भएको पाइए कारबाही गरिनेसमेत उनले बताएका छन् ।

    "जहिले पनि हाम्रो ध्यान सबैलाई मर्यादा र सम्मानका साथ व्यवहार सुनिश्चित गर्नमा रहेको छ, र हामी हाम्रो आपूर्ति श्रृंखलामा कामदारहरूलाई जोगाउन यथाशक्य गरिरहनेछौं, " उनले भने ।

    एप्पललाई चीनमा बारम्बार श्रम मुद्दाहरूको आरोप लाग्‍ने गेको छ  । जसका कारण एप्पलको व्यापारसमेत प्रभावित हुने गरेको छ ।

    पौष २३, २०७७ बिहिवार ०९:४४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ कर्तुत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend