Logo

सोमवार, कार्तिक १ गते २०७८

images

महामारी सामान्य भएपछि मुलुकले उत्साहपूर्ण फड्को मार्छ : प्रदीप ज्ञवाली

महामारी सामान्य भएपछि मुलुकले उत्साहपूर्ण फड्को मार्छ : प्रदीप ज्ञवाली

नेपालपाना पौष २४ २०७७
  • 6.9K
    SHARES
  • महामारी सामान्य भएपछि मुलुकले उत्साहपूर्ण फड्को मार्छ : प्रदीप ज्ञवाली

    काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताएका छन् । 

    राजधानीको ठमेलमा स्थापना भएको चेन होटल ‘रमादा अनकोर काठमाडौँ ठमेल’ को आज उद्घटन गर्दै मन्त्री ज्ञवालीले कोभिड पछि नेपालको पर्यटन फस्टाउने भएकाले होटललगायत पूर्वाधार विकासमा लगानी बढाइनुपर्नेमा जोड दिए ।

    मन्त्री ज्ञवालीले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रमा ढुक्कका साथ लगानी गर्न पनि व्यवसायीलाई आग्रह गरे । 

    अहिलेको राजनीतिक अस्थिरताबाट अत्तालिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले छिट्टै मुलुकमा राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे । 

    नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटक आवागमनलाई सहज तुल्याउने ‘अनअराइभल’ प्रवेशाज्ञा (भिषा)को व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरे ।

    पौष २४, २०७७ शुक्रवार २१:२९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana