Logo

शनिवार, आषाढ ११ गते २०७९

images

हङकङका १२ प्रजातन्त्र समर्थितहरुको सुनुवाइ पारदर्शी बनाउन चीनलाई क्यानडाको आग्रह !

हङकङका १२ प्रजातन्त्र समर्थितहरुको सुनुवाइ पारदर्शी बनाउन चीनलाई क्यानडाको आग्रह !

नेपाल पाना पौष २५ २०७७
  • 7.7K
    SHARES
  • हङकङका १२  प्रजातन्त्र समर्थितहरुको सुनुवाइ पारदर्शी बनाउन चीनलाई क्यानडाको आग्रह !

    ओटावा । चीनले हङकङबाट ताइवान भाग्‍न खोजेका १२ प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई जेल सजाय तोकिएपछि विश्वभरबाट आलोचना भएका छन् ।

    क्यानडाको सरकारले मंगलबार चीनले १२ जना हङकङ प्रजातन्त्र समर्थकको न्यायिक प्रक्रियामा आफ्नो चिन्ता व्यक्त गर्दै सुनुवाइ पारदर्शी गर्न आग्रह गरेको छ ।

    गत अगस्तमा शेन्जेनमा पक्राउ गरिएका १२ जनालाई लामो समयदेखि हिरासतमा राखेर यातना दिएको थियो । यी कार्यकर्ताहरूलाई शेन्जेन १२ पनि भनिन्छ ।

    क्यानाडाको सरकारले चीनलाई अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड र मान्यताअनुरुप उचित प्रक्रिया र न्यायिक पारदर्शिता अनुरुप परीक्षण गर्न आग्रह गरेको छ ।

    क्यानडा सरकारको विदेश नीतिको ह्याण्डलबाट ट्विट गर्दै भनिएका थिए, "क्यानडाले #शेन्जेन १२ भन्‍ने गोप्य मुद्दाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दछ । हामी चिनियाँ अधिकारीहरुलाई अन्तर्राष्ट्रिय #ह्युमनराइट्स मापदण्ड र मान्यताअनुरुप उचित प्रक्रिया र न्यायिक पारदर्शीता अनुरुप मुद्दा चलाउन आग्रह गर्दछौं ।"

    पौष २५, २०७७ शनिवार ०९:०१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend