काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै जनवरी २० मा राष्ट्रपति पदबाट बाहिरिँदै छन् । ट्रम्पले ह्वाइट हाउस छोडेर नव निर्वाचीत राष्ट्रपति जोय बाइडेन भित्रिदै छन् ।
यसबीच ट्रम्पले चिनियाँ मोबाइल निर्माता कम्पनी शाओमीलगायतका १० कम्पनीलाई कालोसुचिमा राखेको छ । अमेरिकी सरकारको रक्षा विभागले कम्पनी चाइना नेसनल अफसोर आयल कर्पोरेसन र मोबाइल फोन निर्माता कम्पनी साओमीलाई कालोसूचीमा राखेको हो ।
साथै अमेरिकाको वाणिज्य मन्त्रालयले ती देशबाट आयात बन्द गर्ने निर्णय गरेको छ, जहाँबाट असुरक्षाको जोखिम छ। यसअघि हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाइसकेको छ ।