Logo

बुधवार, मंसिर १५ गते २०७८

images

देउवालाई फलिफाप, ढुक्कसँग हुने भए प्रधानमन्त्री !

देउवालाई फलिफाप, ढुक्कसँग हुने भए प्रधानमन्त्री !

नेपालपाना माघ २ २०७७
  • 17.3K
    SHARES
  • देउवालाई फलिफाप, ढुक्कसँग हुने भए प्रधानमन्त्री !

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छिट्टै प्रधानमन्त्री हुने जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भविष्यवाणी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत ‘रिङ आउट’ भइसकेकाले कांग्रेसको हातमा सत्ता जाने उनले बताएका हुन् ।

    शुक्रवार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘प्रतिनिधिसभा विघटन गरेर ओलीले अपराध गरे । अदालतको फैसलाले ओलीलाई अब रिङ आउट गर्छ । उनीजस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड–नेपाल समेत प्रधानमन्त्री पदका लागि लायक छैनन् । अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ,।’ 

    नेकपा फुटेपछि जसपा चौथो दलमा पुग्ने पनि उनले बताएका थिए । चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने भट्टराईले बताए ।

    माघ २, २०७७ शुक्रवार २१:१७:२४ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana