Logo

शनिवार, आषाढ ११ गते २०७९

images

भारतमा उल्लेख्य प्रगती, एकैदिन करिब दुई लाखले लगाए कोरोना खोप

भारतमा उल्लेख्य प्रगती, एकैदिन करिब दुई लाखले लगाए कोरोना खोप

नेपालपाना माघ ४ २०७७
  • 7.7K
    SHARES
  • भारतमा उल्लेख्य प्रगती, एकैदिन करिब दुई लाखले लगाए कोरोना खोप

    काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना खोप कार्यक्रमको पहिलो दिनमा एक लाख ९१ हजारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । 

    कोरोना खोप कार्यक्रमको पहिलो दिनमा तीन हजार ३५१ सेसन भएको थियो । जसमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन दुवै खोपको प्रयोग गरिएको थियो ।

    स्वास्थ्य मन्त्रालयले खोप लगाएपछि देखिएको साइडइफेक्टको कारण कसैलाई पनि अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था नआएको दाबी गरेको छ । यद्यपि खोप लगाएका केही मानिसहरुलाई यसको साइडइफेक्ट देखिएको पुष्टि गरेको छ । भारतको दिल्लीमा कोरोना खोप लगाएपछि केही मानिसहरुलाई एलर्जीको समस्या देखिएको थियो ।

    माघ ४, २०७७ आइतवार १८:५५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend