काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्य दिलेन्द्रप्रसाद बडूकी आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पुर्वमन्त्री समेत रहेका बडूकी आमा कलशा देवी बडूको ९५ वर्षको उमेरमा कञ्चनपुरमा आइतबार विहान आफ्नै निवासमा निधन भएको थियो । सभापति देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
साथै उनको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू लगायत सबै शोक सन्तप्त परिवारजनमा पार्टी र सभापति देउवाले आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।
विगत केही समय देखिबिरामी आमालाई उपचार गरे पनि बचाउन नसकिएको नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले बताए ।