Logo

बिहिवार, बैशाख ३० गते २०७८

प्रचण्डको आह्वान लगत्तै कार्यकर्ताले ओली समुहका वडाअध्यक्षको टाउको फुटाइदिए

प्रचण्डको आह्वान लगत्तै कार्यकर्ताले ओली समुहका वडाअध्यक्षको टाउको फुटाइदिए

Nepal Pana माघ ५ २०७७
  • 158.3K
    SHARES
  • प्रचण्डको आह्वान लगत्तै कार्यकर्ताले ओली समुहका वडाअध्यक्षको टाउको फुटाइदिए

    सिमकोट । हुम्ला जिल्लामा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले वडाध्यक्ष रंग थापाको टाउको फुटाइदिएका छन् ।

    अदानचुली गाउँपालिका– १ का वडाध्यक्ष थापालाई प्रचण्ड–माधव समूहले आक्रमण गरेर घाइते बनाएका हुन् । वडाध्यक्ष थापा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकटका हुन् ।

    वडा नम्बर १ को कल्ख्यामा ओली समूहले वडा कमिटी गठन गरेपछि वडाध्यक्ष थापासहितको समूहमाथि प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले आक्रमण गरेको जनाइएको छ ।

    वडा कमिटी गठन गरेर फर्कने क्रममा आइतबार बाटोमा ढुकेर बसेका प्रचण्ड–माधव समूहका कार्यकर्ताले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    वडाध्यक्ष एवम् नेकपाका नेता थापाको टाउको तथा मुखमा चोट लागेको छ । थापालाई स्थानीय स्वास्थ्य चौकीमा ६ वटा टाँका लगाइएको छ ।

    पूर्वमाओवादीबाट वडाध्यक्षमा निर्वाचित थापा नेकपाको ओली समूहतिर लागेपछि प्रचण्ड–माधव समूह रिसाएको छ ।

    आइतबार काठमाडौंमा प्रचण्डले शाकाहारी आन्दोलनले केही नहुनेभन्दै लठ्ठी खाने मन छ भनेकै दिन हुम्लामा ओली समूहका नेता एवम् वडाध्यक्ष थापाको टाउको फुटाइएको छ ।

    माघ ५, २०७७ सोमवार ११:५४:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana