Logo

शनिवार, आषाढ ११ गते २०७९

images

चिनियाँ 'नाकाबन्दी' ले ओली सरकार आजित, ठूलो एक्सन लिने चेतावनी!

चिनियाँ 'नाकाबन्दी' ले ओली सरकार आजित, ठूलो एक्सन लिने चेतावनी!

नेपाल पाना माघ ७ २०७७
  • 13.8K
    SHARES
  • चिनियाँ 'नाकाबन्दी' ले ओली सरकार आजित, ठूलो एक्सन लिने चेतावनी!

    काठमाडौं । उत्तरी छिमेकी चीनले नेपाली जनतालाई दु:ख दिएर आजित पारेपछि केपी शर्मा ओली सरकारले आपत्ति जनाएको छ ।

    नेकपाको विवादमा प्रचण्ड र नेपाल समूहलाई समर्थन गरिरहेको चीनले नेपाली जनतालाई आहत हुनेगरी दु:ख दिएपछि ओली सरकारका प्रभावशाली मन्त्री लेखराज भट्टले चीनसँग व्यापार तोड्ने संकेत गरेका छन् ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले निर्यातमा चीनले दुःख दिएको बताउँदै सामान रोक्ने, महंगो भाडा लिने गरिएको र यस्तो पाराले चीनसँग व्यापार गर्न नसकिने उल्लेख गरेका हुन् ।

    नेपाल इन्टरमोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टले भने, ‘कोभिडको नाममा हाम्रो सामान रोकिएको रोकियै छ ।

    हामी लागेको लाग्यै छौं । हिजो पनि मैले गम्भीरतापूर्वक छलफल गरेँ । अब के गर्ने ? यस्तो पाराले त चीनसँग हाम्रो व्यापारीको सामान १०–१० महिना भयो, हाम्रो सामान ल्याउन नदिने, कन्टेनरको भाडा महँगो लिने गरिएको छ ।’

    माघ ७, २०७७ बुधवार ०८:२३:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिनियाँ कर्तुत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend