Logo

शनिवार, आषाढ ११ गते २०७९

images

बन्दुकधारीको आक्रमणमा छ गाउँलेको मृत्यु

बन्दुकधारीको आक्रमणमा छ गाउँलेको मृत्यु

नेपालपाना माघ ११ २०७७
  • 7.1K
    SHARES
  • बन्दुकधारीको आक्रमणमा छ गाउँलेको मृत्यु

    एजेन्सी । नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ ।

    सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको यस आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ । 
      
    उक्त बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् । 

    यस घटनाको अनुसन्धान शुरु भएको अरुवानले बताएका छन् । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि   अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।

    माघ ११, २०७७ आइतवार १८:४५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend