Logo

शनिवार, आषाढ ११ गते २०७९

images

भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्रीलाई प्रहरीले पक्राउ गर्याे 

भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्रीलाई प्रहरीले पक्राउ गर्याे 

नेपालपाना माघ १४ २०७७
  • 6.5K
    SHARES
  • भ्रष्टाचारको मुद्दामा पूर्वप्रधानमन्त्रीलाई प्रहरीले पक्राउ गर्याे 

    एजेन्सी। किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  

    भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।


    उनले भ्रष्टाचार गरेका केही प्रमाणहरु भेटिएको र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनीहरुको भनाइ छ ।

    प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानूनको उलङ्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेकोलगायतका आरोपहरु उनलाई लगाइएको छ ।

    खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उनले अनियमितता गरेको भन्दै उनसहित सरोकारवालाहरुलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

    पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शङ्का गर्ने आधार बढेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    माघ १४, २०७७ बुधवार २०:१६:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend