Logo

शनिवार, मंसिर १८ गते २०७८

images

खुसीको खबर : नेपालमा थप खोप, अब कसले लगाउँन पाउँछ ?

खुसीको खबर : नेपालमा थप खोप, अब कसले लगाउँन पाउँछ ?

नेपालपाना माघ १६ २०७७
  • 9.4K
    SHARES
  • खुसीको खबर : नेपालमा थप खोप, अब कसले लगाउँन पाउँछ ?

    काठमाडौं।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताएका छन् । 

    कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पृथ्वीचन्द्र अस्पताल परासीमा आएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताए ।

    मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भ्रने, “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ, भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ तर अनुदान उपलब्ध भयो ।” 

    पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत चार लाख ३० हजार अर्थात तीन प्रतिशत नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिए ।

    पहिलो चरणमा जिल्ला अस्पतालमार्फत खोप अभियान सञ्चालन गरिएपनि दोस्रो चरणमा देशभरका १६ हजार खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिने उनले बताएका छन् । यसबाट सबै सर्वसाधरणले खोप पाउँन थाल्नेछन् ।

    माघ १६, २०७७ शुक्रवार २१:१९:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana