Logo

बुधवार, भाद्र १ गते २०७९

images

अब, कक्षा ११ र १२ मा पनि सामाजिक र गणित अनिवार्य

अब, कक्षा ११ र १२ मा पनि सामाजिक र गणित अनिवार्य

नेपालपाना माघ १६ २०७७
  • 11.8K
    SHARES
  • अब, कक्षा ११ र १२ मा पनि सामाजिक र गणित अनिवार्य

    काठमाडौं। कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ।

    यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो।

    नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्बोधन गर्दै गणितलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी झैँ अनिवार्यको ‘वा’ मा थप गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा रहेको परिषद्को बैठकको निर्णय र सिफारिसको कार्यान्वयन शिक्षा मन्त्रालय र मातहतको पाठ्यक्रम विकास केन्द्रले गर्नेछ। यो निर्णय यसै शैक्षिकसत्रदेखि लागू हुनेछ। उक्त तहमा नेपाली र अङ्ग्रेजी विषय भने स्वतः अनिवार्य हुनेछ।

    गणितलाई अनिवार्य विषयबाट हटाइएकाले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा गत पुस २८ गते दिइएको फैसलामा नयाँ पाठ्यक्रम लागू गर्न बाधा नहुने तर गणित विषयलाई समावेश गर्ने गरी निर्देश गरिएको थियो। २०७५ जेठ १८ गतेको परिषद्को बैठकले नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि सिफारिस गरेको थियो। उक्त निर्णयका आधारमा शिक्षा मन्त्रालयले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ जारी गरी गणितलाई ऐच्छिक विषयमा राखिएको थियो।

    गणित विषयको अनिवार्यताबारे अभियान सञ्चालन गर्दै आएको ‘नेपाल गणित समाज’का सहसचिव डा जीवन काफ्लेले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारूपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’को सट्टामा विद्यार्थीले चाहेमा गणित विषय रोज्न पाउने निर्णय हुनु सकारात्मक भएको बताए।

    माघ १६, २०७७ शुक्रवार २१:२४:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend