Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

सरकार नै विघटन भएको घोषणा, नेकपामा खैलाबैला !

सरकार नै विघटन भएको घोषणा, नेकपामा खैलाबैला !

नेपालपाना माघ १७ २०७७
  • 10.2K
    SHARES
  • सरकार नै विघटन भएको घोषणा, नेकपामा खैलाबैला !

    काठमाडौं। नेकपको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद् भङ्ग नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सो पार्टीद्वारा आज धनगढीमा आयोजित विरोधसभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।

    सभामा बोल्दै उनले भने, “सर्वोच्च अदालतमा रहेको संसद् विघटनको मुद्दालाई अदालतले संविधान र लोकतान्त्रिक मान्यतालाई बुझ्ने छ, हामी सही फैसला हुनेमा विश्वस्त छौँ”, दाहालले भने, “संसद् भङ्ग भएको छैन, सरकार मात्र विघटन भएको हो ।”

    यसबाहेक उनले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन् । 

     इतिहासका पाङ्ग्रा फेरि पछाडि जान नसक्ने दावी गर्दै भने, “प्राप्त उपलब्धिको रक्षाका लागि जनताले हरेश खानुपर्ने आवश्यक छैन, तपाईँहरुको साथमा हामी छौँ ।” 

    पार्टी राम्ररी चलाउनका लागि पार्टीका तर्फबाट दिइएको सुझाव प्रधानमन्त्रीले नसुन्दा समस्या उत्पन्न भएको तर्क गर्दै उनले कुर्चीको तानातान तथा हानाथापका लागि पार्टीमा समस्या सिर्जना नभएको प्रस्ट पारे ।

    माघ १७, २०७७ शनिवार २०:४२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend