Logo

शनिवार, मंसिर १७ गते २०७९

मुलुक नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति विद्यादेवी भण्डारी

मुलुक नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति विद्यादेवी भण्डारी

नेपालपाना माघ २८ २०७७
  • 21.4K
    SHARES
  • मुलुक नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति विद्यादेवी भण्डारी

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताएकी छन् । 

    प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण प्रभावकारीरुपमा हुन सकेन भने राज्यका स्रोत दुरुपयोग गरी समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको बताइन्। 

    भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहेको उनले उल्लेख गरे । 

    “मुलुकमा हुनसक्ने अव्यवस्था, बेथिति र गैरकानूनी विचलनलाई समूलरुप अन्त्य गर्न सके मात्र समष्टिगतरुपमा भ्रष्टाचार न्यूनीकरण हुँदै जानेछ”, राष्ट्रपति भण्डारीले भनिन् । 

    जननिर्वाचित सरकारले जनताका विकास र समृद्धिका आकाङ्क्षालाई प्रभावकारी ढङ्गले सम्बोधन गरी उच्चतम नागरिक उत्तरदायित्व बहन गर्दै अघि बढेको परिवेशमा भ्रष्टाचारप्रति शून्य सहनशिलता कायम गर्न सम्बद्ध सबै क्षेत्र, निकाय र समग्र समाज नै अग्रसर हुनुपर्ने उनले बताइन् । 

    माघ २८, २०७७ बुधवार १९:५६:११ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend