Logo

शनिवार, आषाढ ११ गते २०७९

images

जलाधार क्षेत्रको जग्गामा अग्निप्रसाद सापकोटाकाे नाम, काण्ड हुनेभएपछि सचिवालयकाे छक्कापञ्जा !

जलाधार क्षेत्रको जग्गामा अग्निप्रसाद सापकोटाकाे नाम, काण्ड हुनेभएपछि सचिवालयकाे छक्कापञ्जा !

नेपालपाना फाल्गुण २ २०७७
  • 11.5K
    SHARES
  • जलाधार क्षेत्रको जग्गामा अग्निप्रसाद सापकोटाकाे नाम, काण्ड हुनेभएपछि सचिवालयकाे छक्कापञ्जा !

    काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाको नाम सर्दु जलाधार क्षेत्रका जग्गामा जोडिएको छ । 

    सर्दु जलाधार क्षेत्रका जग्गामा सम्बन्धमा सभामुख सापकोटाको नाम जोडिएपछि सभामुखको सचिवालयले ध्यानाकर्षण गराएको छ ।

    सचिवालयले प्रेस नोट जारी गर्दै जलाधार क्षेत्रको जग्गामा सभामुखको नाम जोडेर भ्रमपूर्ण प्रचार गरिएको जनाएको छ ।

    यस्तो छ विज्ञप्ती:

    तथ्य १. सम्मानित सर्बोच्च अदालतले मिति २०६७।१२।१७ मा जारी परमादेश (६५-WO०५०९० मा भनिएको छ ‘निवेदकहरुको जग्गा रोक्का समेत राख्ने गरी भएको २०५८।३।१७ को पत्रबाट भएका सम्पूर्ण काम कारबाही समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । अब निवेदकहरुको माग बमोजिम रोक्का रहेका जग्गा फुकुवा गरी दिनु भनी विपक्षी मालपोत कार्यालय सुनसरीका नाममा परमादेश समेत जारी गरिदिएको छ । आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीहरुलाई दिनु ।’

    तथ्य २. सम्मानित सर्बोच्च अदालतबाट मुद्धा पुनरावलोकन लागि निस्सा प्रदान नगरिएको सम्बन्धमाः सम्मानित सर्बोच्च अदालतबाट मिति २०६७।१२।१७ गतेको परमादेश पुनरावलोकन गरी पाउँ भनी जिल्ला विकास समिति सुनसरीले निवेदन गरेकोमा सम्मानित सर्बोच्च अदालतबाट मिति २०६९।०४।०४ को फैसलाले प्रस्तुत मुद्धा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान नभएको देखिन्छ ।

    तथ्य ३. मिति २०७२।०७।०१ मा थप स्पष्टताका लागि महान्यायाधिवक्ताको कार्यालयमा राय माग गरिएको थियो । महान्यायाधिवक्ताको कार्यालयको च।नं ५७०४ मिति २०७२।७।२० मा प्राप्त लिखित रायमा भनिएको छ ‘नेपालको संविधान २०७२ को धारा १२६ अनुसार मुद्दा मामिलाको रोहमा सर्वोच्च अदालतले दिएको आदेश सबैले पालना गर्नु पर्ने हुन्छ । श्री सर्बोच्च अदालतको आदेश हालसम्म अन्तिम रहेको अवस्थामा उक्त आदेशको पालना गर्नुको विकल्प नरहेको व्योहोरा अनुरोध गर्दै सक्कल फाइल मिसिल यसैसाथ फिर्ता गरिएको जानकारी गरिन्छ ।’

    तथ्य ४. महान्यायाधिवक्ताको कार्यालयबाट राय प्राप्त भए पछि तात्कालिन वन सचिवको मिति २०७३।०१।०८ को टिप्पणीमा भनिएको छ ‘यस सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयबाट नेपालको संविधान २०७२ को धारा १२६ अनुसार मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नु पर्ने छ भन्ने हुँदा सम्मानित सर्बोच्च अदालतले दिएको आदेश हाल सम्म अन्तिम रहेको अबस्थामा उक्त आदेशको पालना गर्नुको विकल्प नभएको हुँदा कार्यान्वयन गराउन सम्बन्धीत निकायमा पठाउन उपयुक्त देखि निर्णयार्थ पेश गरेको छु ।’

    सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यबस्था ९संविधानको धारा १२६० र तात्कालिन वन तथा भूसंरक्षण सचिवले उठाएको उल्लेखित टिप्पणी अनुसार अगाडि बढाइएको स्पष्ट छ । संविधानको धारा १२८ को उपधारा ४ मा ‘सर्बोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजायँ गर्न सक्ने छ’ भन्ने व्यवस्थालाई ध्यानमा राखिएको थियो ।

    सम्मानित सर्बोच्च अदालतको परमादेश, सो परमादेश उपर निस्सा दिन नमिल्ने सम्मानित सर्बोच्च अदालतकै निर्णय, महान्यायाधिवक्ता कार्यालयको राय, सर्बोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयबाट परमादेश कार्यान्वयनका लागि पटक पटक भएको ताकेता र संविधानको धारा १२६ र १२८ का आधारमा अगाडि बढाइएको विषय स्पष्ट र तथ्य जगजाहेर हुँदा हुँदै देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रममा संविधान, लोकतन्त्र र जनाधिकारको रक्षार्थ उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ । विषयलाई तोडमोड गरी प्रचार गरिएकोमा त्यस्ता प्रचारको भ्रममा नपर्न सबैमा अनुरोध छ ।

    २०७७।११।०२
    श्रीधर न्यौपाने
    प्रेस विज्ञ

    फाल्गुण २, २०७७ आइतवार २१:१८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सभामुख

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend