Logo

बिहिवार, बैशाख ३० गते २०७८

नवनियुक्त प्रदेश प्रमुख डा. अहिराजको एउटै निर्णयले देश हल्लियो, नेपाली सेनाले गर्यो प्रशंसा, विरोधी पनि फिदा भए ! 

नवनियुक्त प्रदेश प्रमुख डा. अहिराजको एउटै निर्णयले देश हल्लियो, नेपाली सेनाले गर्यो प्रशंसा, विरोधी पनि फिदा भए ! 

नेपालपाना फाल्गुण १० २०७७
  • 309.4K
    SHARES
  • नवनियुक्त प्रदेश प्रमुख डा. अहिराजको एउटै निर्णयले देश हल्लियो, नेपाली सेनाले गर्यो प्रशंसा, विरोधी पनि फिदा भए ! 

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका मधेस कमाण्डरको एउटा निर्णयले देश नै हल्लाएको छ । 

    उनका विरोधी पनि यो निर्णयको प्रशंसा गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि उनकै चर्चा छ । देशको प्रमुख सुरक्षा संगठन नेपाली सेना पनि प्रभावित भएको छ ।

    उनी हुन् प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ । जनकपुरमा पदभार ग्रहण गर्ने वितिकै झाले सबैको मनछुने निर्णय लिए । यसअघिका प्रदेश प्रमुख तिलक परियारले समेत नगरेको काम गर्दै आफ्नो कार्यकालको सुरुवात गरे । झा को त्यो निर्णय हो, ‘आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको तस्बिर राख्नू’ । 

    पृथ्वीनारायण शाहलाई नेपाली सेनाले पनि आफ्नो अग्रज मान्ने गरेको छ । शाहको सम्झना तथा सम्मानमा सेनाले जंगी अड्डामा संग्रहालय नै स्थापना गरेको छ । पृथ्वी जयन्ती पनि पुस २७ मा धुमधामसँग मनाएको थियो । प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए । 

    यस्तो बेला ओलीले नियुक्त गरेका प्रदेश २ का कमाण्ड झा ले राष्ट्र निर्माता एवं नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको सम्मान स्वरुप उनको तस्विर कार्यालयमा राखेर काम सुरु गरेका हुन् । झाको निर्णयलाई सेनाले प्रशंसनीय कदमका रुपमा लिएको जंगी अड्डा स्रोतले बतायो । यो कदमबारे सेना जानकार रहेको बताइन्छ । 

    152849427_3735501149873294_550368412494795048_n.jpg

    त्यसो त राष्ट्रवादी छवि बनाएका लोकप्रिय व्यक्तित्व झाले पद बहाल गर्नु अघि नै शाहको तस्बिर आफ्नो कार्यकक्षमा राख्न लगाएका थिए । यसबारे झाले भनेका छन्, ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई साक्षी राखेर काम प्रारम्भ गरेको छु। यसमा आलोचना र विरोध गर्नुपर्ने केही छैन, बरु यो राष्ट्रनिर्माताप्रतिको सम्मान हो, यो आवश्यक छ।’

    झाले सधै झुण्याइने राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा पृथ्वीनारायण शाहको ठूलो र पूर्णकदको तस्विर देखिनेगरी कार्यालयमा राखेका छन् । 

    झाको यो कदमको चौतर्फी प्रशंसा भएको छ । सामाजिक सञ्जालमा जताततै उनकै चर्चा छ । 

    चर्चित अभियन्ता एवं पूर्वसचिव भीम उपाध्यायले प्रशंसाका शब्द खर्चिँदै फेसबुकमा भनेका छन्, ‘प्रदेश २ का नवनियुक्त प्रमुख डा. राजेश झा अहिराजले आफू बहाल गर्नुअघि कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको फोटो राख्न लगाएका छन्। यो कार्य प्रशंसनीय छ। धन्यवाद माननीय डा. राजेश अहिराज ज्यू। पृथ्वीनारायण शाहविनाको नेपाल कल्पना हुनै सक्दैन।’ 

    गत शुक्रबार मन्पिरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एर झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । १०१ किलोको मालाको न्यानो स्वागत पाएका झाले आइतवार पदभार ग्रहण गरेका थिए ।

    सोमवार जन्म गाउँ पुग्दा २०२ किलोको मालाले उनको अभिनन्दन गरियो । झा मधेसकै पहिलो पीएचडी गर्ने डाक्टर पनि हुन् ।

    फाल्गुण १०, २०७७ सोमवार २१:११:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana