Logo

बिहिवार, श्रावण २१ गते २०७८

बारामा खेत खन्दा भेटियो १३ औं शताब्दीको विष्णुको मूर्ति, लम्बाई मात्रै ७ फिट

बारामा खेत खन्दा भेटियो १३ औं शताब्दीको विष्णुको मूर्ति, लम्बाई मात्रै ७ फिट

नेपाल पाना फाल्गुण १६ २०७७
  • 10.6K
    SHARES
  • बारामा खेत खन्दा भेटियो १३ औं शताब्दीको विष्णुको मूर्ति, लम्बाई मात्रै ७ फिट

    बारा । बारामा १३ औं शताब्दीमा बनेको भगवान श्रीहरि विष्णुको मूर्ति फेला परेको छ ।

    सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा एक किसानले माछा पाल्नका लागि पोखरी खन्ने क्रममा उक्त मूर्ति फेला परेको हो । सात फिट खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य छ ।

    ७ फिट लामो र चार फिट चौडाई भएको मूतिको पुनः प्रतिस्थापनका लागि तयारी थालिएको वडाध्यक्ष राजेशप्रसाद यादवले बताए । ऐतिहासिक र वैभवशाली मानिएको सिम्रौनगढ एक समय सबभन्दा ठूलो साम्राज्य भएको राज्य समेत मानिन्थ्यो ।

    १३ औं शताब्दीमा यो राज्यमाथि भारतको ठूलो भागमा राज्य गरिरहेका मुस्लिम राजा ग्यासउद्धिन तुलकले आक्रमण गरेर यहाँ भएको भव्य संरचना, मन्दिर र मूर्तिहरु नष्ट गरेका थिए । त्यसबेला सिम्रौनगढमा राज्य गरिरहेका राजा नरसिंह देव भने भागेर काठमाडौं पुगेर ज्यान बचाएको इतिहासमा उल्लेख छ ।

    फाल्गुण १६, २०७७ आइतवार १०:२२:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana