काठमाडौं। पूर्व एमाले समुहले सर्वाेच्चको फैसला अनुसार नै पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा परिवर्तन हुने घोषणा गरेको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको निर्णयलाई सम्मान तथा कार्यान्वयन गर्ने बताएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि नेता नेपालले एक सञ्चारमाध्यमलाई सर्वाेच्चको निर्णय अनुसार नै अघि बढ्ने भएको बताएका हुन् ।