काठमाडौं। संघीय समाजवादी पार्टीका नेता र सरकारका प्रतिनिधिबीच सांसद रेशम चौधरीलाई रिहा गर्ने विषयमा छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
छलफलमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको सहभागिता रहेको थियो।
संघीय समाजवादीतर्फबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छलफलमा सहभागी थिए।
टीकापुर घटनामा संलग्न रहेको भन्दै चौधरीलाई अदालतका जन्मकैद सुनाएको छ।