Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

ओली-प्रचण्डमिलेपछि 'नेकपा एमाले र माओवादी' पार्टी दर्ता गर्ने सन्ध्या तिवारी र गोपाल किराँतीलाई निर्वाचन आयोगले दिए यस्तो निर्देशन !

ओली-प्रचण्डमिलेपछि 'नेकपा एमाले र माओवादी' पार्टी दर्ता गर्ने सन्ध्या तिवारी र गोपाल किराँतीलाई निर्वाचन आयोगले दिए यस्तो निर्देशन !

नेपालपाना फाल्गुण २५ २०७७
  • 9.9K
    SHARES
  • ओली-प्रचण्डमिलेपछि 'नेकपा एमाले र माओवादी' पार्टी दर्ता गर्ने सन्ध्या तिवारी र गोपाल किराँतीलाई निर्वाचन आयोगले दिए यस्तो निर्देशन !

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी एक भई नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेपछि निर्वाच अयोगमा दुई अर्का पार्टी दर्ता भएका थिए ।

    दल एकीकरण भई नेकपा बनेपछि सन्ध्या तिवारीले अर्को नेकपा एमाले र गोपाल किराँतीले नेकपा माओवादी केन्द्र आयोगमा दर्ता गराएका हुन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज भएसँगै सर्वोच्च अदालतको फैसलाबमोजिम मंगलबार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी पुनः अस्तित्वमा आएको निर्णय गरिसकेको छ।

    यस्तोमा अब, सन्ध्या तिवारी र गोपाल किरातीँको पार्टीको हालत के हुन्छ भन्ने प्रश्न उठेको छ । यसको जवाफ आयोगले मंगलबार जारी गर्दै दिएको छ ।

     विज्ञप्तिअनुसार अब उनीहरूले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्नुपर्नेछ। त्यसका लागि दुवैलाई १५ दिनभित्र सुधारसहितको विवरण पेस गर्न आयोगले अनुरोध गरेको छ। 

    फाल्गुण २५, २०७७ मंगलवार १७:४८:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा
  • # एमाले
  • # माओवादी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana