Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

नझुक्क्निुस ! अब, एमाले र माओवादी दुई अलग पार्टी हुन्

नझुक्क्निुस ! अब, एमाले र माओवादी दुई अलग पार्टी हुन्

नेपालपाना फाल्गुण २५ २०७७
  • 7.3K
    SHARES
  • नझुक्क्निुस ! अब, एमाले र माओवादी दुई अलग पार्टी हुन्

    काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र_ अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ ।
     
    आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । 

    आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही  आआफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने  निर्णयसहित एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै पक्षलाई आमन्त्रण गरेको छ ।  सर्वोच्च अदालतबाट यही फागुन २३ गते भएको आदेश÷फैसला कार्यान्वयन गर्ने गराउने सम्बन्धमा आज बसेको आयोगले बैठकले उक्त निर्णय गरेको हो ।

    ‘नेकपा (एमाले)’ र ‘नेकपा (माओवादी केन्द्र)’ एकीकरण भई बनेको ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ नामक राजनीतिक दल सर्वोच्च अदालतको इजलासबाट उत्प्रेषणको आदेशबाट यही फागुन २३ गते बदर भएको हुँदा आयोगमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा नामको राजनीतिक दल खारेज गर्ने निर्णय पनि आयोगले गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

    साे दल खारेजीबारे साविक एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई  जानकारी गराइने भएको छ । ती दुई दलबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएको बारे नेपाल राजपत्र मा २०७५  जेठ २३ गते प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्न र सोको सूचना नेपाल राजपत्रमै प्रकाशन गर्न पनि बैठकले सरकारसँग अनुरोध गरेको छ ।

    फाल्गुण २५, २०७७ मंगलवार १८:१२:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले
  • # माओवादी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana