Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

म्यानमार कू : बेलायतका लागि म्यानमारका राजदूत राजदूतद्वारा सू ची रिहाको माग 

म्यानमार कू : बेलायतका लागि म्यानमारका राजदूत राजदूतद्वारा सू ची रिहाको माग 

नेपाल पाना फाल्गुण २९ २०७७
  • 7.3K
    SHARES
  • म्यानमार कू : बेलायतका लागि म्यानमारका राजदूत राजदूतद्वारा सू ची रिहाको माग 

    योङ्‌गुन । म्यानमा सेनाले गरेको कू को विश्‍वभरबाट विरोध भइरहेको छ । चीनले भने म्यानमारको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ । चीनकै ब्याकअपमा म्यानमारको सेनाले कू गरेको भन्‍ने आँकलन भइरहेका समयमा चीनले यस्तो अभिव्यक्ति दिएको छ । 

    म्यानमार सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहित निर्वाचित सरकार र सांसद्‌हरुलाई नियन्त्रणमा लिएको छ । सैन्य कू भएको एक महिना बितिसक्दा पनि सेनाले उनीहरुलाई रिहा गरेको छैन ।

    बेलायतका लागि म्यानमारका राजदूतल क्या ज्जार मिनले सू चीसहित नियन्त्रणमा लिइएका नेताहरु रिहाइ गर्न माग गरिरहेका छन् । राजदूत मिनको अभिव्यक्तिलाई बेलायतका विदेशमन्त्री डोमेनिक राबले प्रशंसा गरेका छन् । 

    विदेशमन्त्री राबले प्रजातन्त्रको पक्षमा अभिव्यक्ति दिएको भन्दै उनको प्रशंसा गरेका हुन् । त्यसैगरि जापान, थाइल्यान्ड लगायतका दक्षिण पूर्वी मुलुकहरुले पनि सैन्य कूको विरोध गरेका छन् । 

    संयुक्त राज्य अमेरिकाले म्यानमारको सैन्य शासनमाथि प्रतिबन्धको घोषणा गरेको छ । सैन्य कू विरुद्ध म्यानमारका विरोध प्रदर्शनहरु चर्किँदै गएका छन् । विरोध प्रदर्शनहरु चर्किँदै गएपछि सेनाले बल प्रयोग गर्न थालेको छ । 

    सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि चलाइएको गोली लागेर ५५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

    फाल्गुण २९, २०७७ शनिवार १०:५९:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana