Logo

बिहिवार, बैशाख ३० गते २०७८

अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ : नेता महत

अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ : नेता महत

नेपालपाना फाल्गुण २९ २०७७
  • 3.1K
    SHARES
  • अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ :  नेता महत

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा रामशरण महतले अनुशासनको पाठ खेलबाट सिक्नुपर्ने बताएका छन् । 

    तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना युवा क्लबले आयोजना गरेको नवौँ आदर्श तथा चौथो तारा स्मृति कप फुटबल प्रतियोगिताको आज समापन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा महतले खेलले मानिसलाई अनुशासित बनाउने चर्चा गरे । 

    खेलले अनुशासनका साथै खेलाडीको शारीरिक तथा मानसिक विकास गर्ने उनको भनाइ थियो । खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै उनले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादनका लागि खेलकूदका गतिविधि सञ्चालन भइरहनुपर्नेमा जोड दिए । 

    गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए । 

    फाल्गुण २९, २०७७ शनिवार १९:११:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana