Logo

बिहिवार, बैशाख ३० गते २०७८

अस्पतालको शैय्याबाट कांग्रेस नेता नविन्द्रराज जोशीको बिस्फोटक निर्णयले हल्लियो ओली सरकार, सिकाए पाठ

अस्पतालको शैय्याबाट कांग्रेस नेता नविन्द्रराज जोशीको बिस्फोटक निर्णयले हल्लियो ओली सरकार, सिकाए पाठ

Nepal Pana चैत्र ८ २०७७
  • 168.1K
    SHARES
  • अस्पतालको शैय्याबाट कांग्रेस नेता नविन्द्रराज जोशीको बिस्फोटक निर्णयले हल्लियो ओली सरकार, सिकाए पाठ

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशी २३ दिनदेखि अस्पतालको बेडमा मृत्युसँग लडिरहेका छन् ।

    उनको उपचारमा सघाउन सरकारले तदारुकता देखायो । १० लाख रुपैयाँ राज्यको ढुकुटीबाट सहायता दिने घोषणा गर्यो ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल आफै अस्पताल गएर परिवारका सदस्यलाई भेट गरी सरकारले १० लाख दिने निर्णय गरेको सुनाए ।

    नेपालका हरेक नेताले राज्यकोषबाट उपचारका लागि पैसा लिने र विदेश गएर उपचार गराउने पुरानै चलन हो ।

    जसअनुसार ओली सरकारले १० दिने भन्यो । तर नेता जोशीको परिवारले उक्त उपचार खर्च अस्वीकार गरेर राज्यलाई पाठ सिकाएको छ ।

    जोशीको परिवारले त्यो रकम वीर अस्पतालमा उपचार गराइरहेका विपन्न परिवारका सदस्यलाई दिन सुझाएर उपचार खर्च नेतालाई बाड्ने सरकारलाई लज्जित बनाएको छ ।

    जोशीको परिवारले सरकारले देखाएको सदासयता र सम्मानका लागि धन्यवाद पनि दिएको छ ।

    ब्रेन ह्यामरेज भएपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको उपचारका लागि मन्त्रिपरिषदले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

    जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले परिवारले रकम स्वीकार नगर्ने निर्णय गरेको बताए । उनका अनुसार जोशीको स्वास्थ्यमा सुधार देखिएको छैन । क्रिटिकल छ ।

    चैत्र ८, २०७७ आइतवार १३:३९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana