Logo

बिहिवार, बैशाख ३० गते २०७८

बर्षा र आँचलको झगडापछि पुष्प र बलेले मागे 'ब्रेकअप'

बर्षा र आँचलको झगडापछि पुष्प र बलेले मागे 'ब्रेकअप'

नेपालपाना चैत्र १२ २०७७
  • 2.4K
    SHARES
  • बर्षा र आँचलको झगडापछि पुष्प र बलेले मागे 'ब्रेकअप'

    काठमाडाैं। करिब ७ महिना अगाडि रिलिज भएको गीत 'माया गरौला' गीतले दर्शकको राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो। सरोज ओली र अस्मिता अधिकारीको आवाजमा रहेको यो गीतलाई १ करोड ४३ लाख बढी पटक हेरिएको छ।

    उत्कृष्ट प्रतिकिया बटुलेको यो गीतको दोस्रो भाग 'माया गरौला २ (ब्रेकअप)' रिलिज भएको छ।  किरण भुजेल र समिक्षा अधिकारीको आवाजमा रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत रहेको छ। गीतलाई जीवन बडूले एरेन्ज गरेका छन् ।

    सरोज ओलीको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल 'बले' र आँचल शर्मा फिचर रहेका छन्।

    बिक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेती र उनको टिमले खिचेका छन्। भिडियोलाई सुवर्ण दुलालले सम्पादन गरेका छन्।

    भिडियाे:

    चैत्र १२, २०७७ बिहिवार १७:१९:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana