Logo

शनिवार, आषाढ ११ गते २०७९

images

माधव समूहमाथि प्रधानमन्त्री ओलीले हाने अर्को क्षेप्यास्त्र

माधव समूहमाथि प्रधानमन्त्री ओलीले हाने अर्को क्षेप्यास्त्र

नेपाल पाना चैत्र १३ २०७७
  • 29.6K
    SHARES
  • माधव समूहमाथि प्रधानमन्त्री ओलीले हाने अर्को क्षेप्यास्त्र

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीभित्र एकपछि अर्को निर्णय गर्दै गर्दै गएका छन् 

    आफ्नो सरकार ढाल्न मरिमेटी लागेको माधव नेपाल समूहलाई पाखा लगाउँदै ओली निरन्तर अगाडि बढेका छन् । ओलीले आज फेरि अर्को क्षेप्यास्त माधव समूहमाथि प्रहार गरेका छन् ।

    ओलीले माधव नेपालकै जिल्ला रौतहटका राष्ट्रियसभा सदस्य सुमन प्याकुरेललाई राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता चयन गरिदिएका छन् ।

    ओलीले दलको नेता चयन गरेको एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । चैत ७ गते बसेको संसदीय दलको बैठकले एमालेको विधान संशोधन गर्दै दलको नेता छान्ने अधिकार ओलीलाई दिएको थियो । त्यहीँ अधिकार प्रयोग गरेर ओलीले माधवलाई टक्कर दिने पात्रलाई चुनेका हुन् ।

    यसअघि २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि राष्ट्रिय सभाको संसदीय दलको नेता माओवादी केन्द्रका नेता दिनानाथ शर्मा बनेका थिए ।

    शुक्रवार ३ बजेका लागि बोलाइएको संसदीय दलको बैठक अघि ओलीले नेता चयन गरेका हुन् ।

    चैत्र १३, २०७७ शुक्रवार १५:०४:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend