Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

केपी ओलीको एउटै निर्णय, जसले माधव नेपाल समूहलाई बनायो नतमस्तक, दिल खोलेर सरकारको प्रशंसा

केपी ओलीको एउटै निर्णय, जसले माधव नेपाल समूहलाई बनायो नतमस्तक, दिल खोलेर सरकारको प्रशंसा

नेपाल पाना चैत्र १५ २०७७
  • 30.4K
    SHARES
  • केपी ओलीको एउटै निर्णय, जसले माधव नेपाल समूहलाई बनायो नतमस्तक, दिल खोलेर सरकारको प्रशंसा

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले सरकारको एउटा निर्णयको प्रंशंसा गरेको छ । पार्टीमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँग टकराव रहेका बेला नेपाल समूहले सरकारी निर्णयको भने दिल खोलेर प्रशंसा गरेको छ ।

    सरकारले मल कारखाना खोल्ने निर्णय गरेको हो । उक्त निर्णयलाई माधव नेपाल समूहका तर्फबाट प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरेका छन् । 'खर्चिलो पनि होला, समय पनि लाग्ला । तर, कृषिप्रधान देशमा मल कारखाना स्थापना नगरी नहुने काम हो ।

    अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको सिफारिश बमोजिम सरकारले प्रक्रिया अघि बढाउनु सुखद छ । बर्सेनी अर्बौं रकम बाहिरिने र किसानले मल नपाउने समस्या कति हेरिरहने?' उनले भनेका छन् । के हो मल कारखाना? कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले केही समय अघि नेपालमा मल कारखाना खेल्ने प्रस्ताव पेश गरेकी थिइन् ।

    उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । बर्सेनि रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले बताएकी छन् । ‘मलको तत्कालिन समस्या हामीले समाधान गरिसकेका छौं, र दीर्घकालीन समाधान गर्ने हेतुले कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएका हौँ’, उनले भनिन्, ‘यो वर्ष मलको अभावमा किसानहरु छटपटाउनुपर्ने छैन।’ मलको अभावले उत्पादनमा कमी नआउने उनले दावी गरिन् ।

    मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन-२०७७ स्वीकृत गर्दै रासायनिक मल कारखाना स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो । कारखाना स्थापना सार्वजनिक निजी-साझेदारी (पीपीपी) मोडालिटीमा गरिने छ ।

    नेपालमा रासायनिक मल कारखाना स्थापनाको कामलाई व्यवस्थित गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गर्नेछ ।

    कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।

    चैत्र १५, २०७७ आइतवार ०८:१९:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend