काठमाडौं। एटीएम बुथ ह्याक गरेर पैसा चोर्न खोजिरहेका चिनियाँ नागरिक पक्राउ परेका छन् ।
दरबारमार्गस्थित मेगा बैंकको एटिएम बुथ ह्याक गरि पैसा निकाल्न खोजिरहेका चिनियाँ नागरिक वाङ सिआओलङलाई प्रहरीले पक्राउ गरेको हो ।
एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका उनलाई मंगलबार साँझ पक्राउ गरिएको हो । ज्याठास्थित होटल मोन्टिसमा बस्ने चिनियाँ नागरिक वाङलाई प्रहरीले त्यहाँबाटै पक्राउ गरेको हो ।
वाङको साथबाट १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय नेपालमा चिनियाँ नागरिक एटिएम बुथ ह्याक गरी पैंसा निकाल्ने गतिविधिमा संलग्न हुँदै आएका छन् ।